Need Help ?
Call: +977- 091521143
  • कैलाली जिल्लाको शैक्षिक नक्सा

  • जिल्ला शिक्षा कार्यालय कैलाली भवन

जिल्ला शिक्षा अधिकारी

गणेश बहादुर सिंह
(जिल्ला शिक्षा अधिकारी)

मुलुकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित एवम् विस्तारित भइरहेको परिप्रेक्षमा शिक्षा मन्त्रालयमार्फत् सञ्चालित नीति, योजना र कार्यक्रमहरूलाई देशव्यापीरूपमा प्रभावकारी ढङ्गबाट कार

थप हेर्नुहोस

जिल्ला शिक्षा कार्यालय कैलालीमा स्वागत छ !

कैलाली नेपाल राज्यको सुदुरपश्तिम क्षेत्र अन्तरगत तराई क्षेत्रमा अवस्थित जिल्ला हो । भौगोलिक हिसावले सुगम मानिने यस जिल्लाको सीमाना पूर्वमा कर्णाली नदीले सीमाना विभाजन गरेको छ । जस अनुसार बर्दिया र सुर्खेत जिल्लासँग जोडिएको छ । पश्चिममा कञ्चनपुर र डडेल्धुरा जिल्ला, उत्तरमा डोटी,  डडेल्धुरा र सुर्खेत जिल्लासँग सिमाना जोडिएको छ भने दक्षिणमा भारतको उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लासँग सिमाना जोडिएको छ । समुद्री सतहबाट १०९ मी देखिी १०५० मी उचाईसम्म उसको भूभाग रहेको छ । क्षेत्रफल र जनसंख्याको हिसावले यो जिल्ला सुदुरपश्चिमकै ठूलो जिल्लाको रुपमा रहेको छ । क्षेत्रफलमा हेर्दा यस जिल्लाको जम्मा क्षेत्रफल ३२३५ वर्ग मीटर  छ जसमा पहाडी क्षेत्र ४०.३ प्रतिशत छ भने ५९.७ प्रतिशत भूभाग तराई क्षेत्रले ओगटेको छ । उक्त क्षेत्रफल मध्ये जंगल क्षेत्र ६४.८ प्रतिशत कृषि क्षेत्र २७.८, चरन क्षेत्र १.९ अन्य ५.५ प्रतिशत क्षेत्र ओगटेको छ ।

कैलाली जिल्लाको साक्षरता दर २०६८ को जनगणना अनुसार साक्षरता दर पुरुष ७५.१५, महिला ७५ गरी जम्मा ६६.३१ प्रतिशत रहेको छ

थप हेर्नुहोस